आफूले पाउने तलब भत्ता विपद्मा परेकाहरुलाई खर्च गर्ने सांसद बजगाइँको घोषणा
२०७९ पुस ७ गते

काठमाडाैँ । गोरखाको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद राजेन्द्र बजगाइँले आफूले सांसदको रुपमा पाउने तलब भत्ता आफ्ना क्षेत्रका विपद्मा परेकाहरुका लागि खर्च गर्ने घोषणा गरेका छन् ।
उनले लिखित रुपमा यस्तो घोषणा गरेका हुन् । उनले भनेका छन्– ‘गोरखाको विकट भूगोल र भिरपखेरामा विपत्तिमा रेखदेख पुगोस् भन्ने अभिप्रायको निरन्तरता आज एक सांसदको रूपमा सपथ लिंदैगर्दा मत मागिरहेको बेला लिएको सपथ सम्झेको छु। मैले संसदको रूपमा पाउने तलब भत्ता गोरखा प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा विपतमा परेकाका लागि खर्चने घोषणा गरेको छु।’
उनी नेपाली कांग्रेसका तर्फबाट सांसद निर्वाचित भएका हुन् ।
२०७९ पुस ७ गते
प्रतिक्रिया
सम्बन्धित








