मधेस प्रदेशका मन्त्री साहले पनि लिए प्रतिनिधिसभा सदस्यको शपथ

जनकपुरधाम । मधेस प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साहले पनि मन्त्री पदबाट राजीनामा नदिएरै प्रतिनिधिसभा सदस्यको शपथ लिएका छन् । सप्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा साह जनता समाजवादी पार्टी (जसपा)को तर्फबाट निर्वाचित भएका हुन् ।

०७४ मा सप्तरी १ (२)बाट प्रदेशसभा सदस्यमा निर्वाचित उनी मधेसमा मन्त्री छन् । आज ज्येष्ठ अन्य सांसदहरुसँगै ज्येष्ठ सदस्य पशुपति शमशेर जबराबाट शपथ लिए । शपथ लिएसँगै उनी दोहोरो भूमिकामा देखिने छन् ।

०७४ मा साह तत्कालीन राजपाबाट निर्वाचित भएका थिए । तर राजपा र जसपा एकीकरण भयो र केही दिनमै महन्थ ठाकुर अलग भएपछि मन्त्री पद जोगाउन उनी जसपामै बसे । साह मन्त्रीको पाँच वर्षे कार्यकाल पूरा गर्ने भाग्यशाली मध्येका एक हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =