यस्तो देखियो नयाँ सांसदहरुको शपथ ग्रहण (तस्बिरहरु)

काठमाडौँ । तुलनात्मक रुपमा धेरै युवा, स्वतन्त्र उम्मेदवार र नयाँ पार्टीको विजयपछि बनेको प्रतिनिधि सभाका सदस्यहरुले जेष्ठ सदस्यबाट बिहीबार शपथ लिएका छन् ।

२७५ सांसद मध्ये कतिपय पहिलो पटक सांसद बनेका हरु रहेका छन् । १७ जना सांसद भने विभिन्न कारण सपथ ग्रहण कार्यक्रममा उपस्थित भएका छैनन् । विभिन्न विचार, सिद्धान्त र पृष्ठमूमि बोकेका राजनीतिक नेताहरु सांसदको रुपमा विभिन्न पोशाकसहित संसद छिर्दा संसद भवन नै सबै जातको साझा फूलबारी भएको जस्तो देखिएको थियो ।

त्यसमाथि नेपालीसहित विभिन्न १४ वटा मातृभाषामा सांसदहरुले सपथ लिएको दृष्य निकै रोचक देखिएको थियो ।

तस्बिरहरु

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 13 =