शपथ लिन अस्पतालबाट नयाँ बानेश्वर जाँदै माधव नेपाल
२०७९ पुस ७ गते

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य माधवकुमार नेपाल शपथ ग्रहणका लागि संसद भवनमा उपस्थित हुने भएका छन् ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा वितग ३ दिनदेखि उपचाररत नेता नेपाल अस्पतालबाटै संसद भवन नयाँ बानेश्वर जाने भएका हुन् ।
पार्टी सचिवालयका अनुसार शपथ ग्रहण गरेर नेपाल पुनः अस्पताल नै फर्किने छ् ।
प्रतिनिधिसभामा बिहीबार १ बजे प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यहरुलाई जेष्ठ सदस्य पशुपति शमशेर जबराले शपथ ग्रहण गराउने कार्यक्रम छ ।
२०७९ पुस ७ गते
प्रतिक्रिया









