चार्ल्स शोभराजलाई कैदमुक्त गर्न सर्वोच्चको आदेश
२०७९ पुस ६ गते

काठमाडौँ । चाल्र्स शोभराजलाई कैदमुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र तीलप्रसाद श्रेष्ठको इजलासले अन्य मुद्दामा थुनामा बस्न नपर्ने भए आजैदेखि कैदमुक्त गर्न र १५ दिनभित्र आफ्नै देश फर्काउने व्यवस्था मिलाउन आदेश जारी गरेको हो ।
शोभराजका तर्फबाट सर्वाेच्चमा दिइएको बन्दी प्रत्यक्षीकरणको मुद्दाामा इजलासले १९ वर्ष कैद सजाय भोगिसकेको र ७८ वर्षको वृद्ध भएकोले उनले कानुनले दिएको सुविधा पाउनु पर्ने आदेश दिएको हो ।
भारतीय मुलका पीता र भियतनामी माताबाट फ्रान्समा जन्मिएको शोभराज भियनामी हुन् । विश्वमै कुख्यात अपराधीका रुपमा चिनिएका शोभराजमाथि विभिन्न देशमा हत्या र लागुऔषध कारोबारको मुद्दा छ । उनलाई ‘सिरियल किलर’ अपराधीको रुपमा चिनिएको छ ।
२०७९ पुस ६ गते
प्रतिक्रिया









