रविलाई खुल्यो सपथ ग्रहणको बाटो, सर्वाेच्चले दिएन अन्तरिम आदेश
२०७९ पुस ६ गते

काठमाडाैँ । रवि लामिछानेलाई सपथग्रहणको बाटो खुलेको छ । रविलाई सपथ ग्रहण गराउन रोक्नुपर्ने मागसहित परेको रिटमा सर्वोच्चले अन्तरिम आदेश नदिएपछि रविलाई सपथ ग्रहणको बाटो खुलेको हो ।
उनलाई छलफलका लागि झिकाउने भनिएपनि मिति भने तय भइनसकेको अधिवक्ता सुनिल पोखरेलले जानकारी दिए ।
सपथ ग्रहण रोक्न माग गर्दै सर्वोच्चमा रिट परेको थियो । नवनिर्वाचित सांसदहरुको सपथ ग्रहण बिहीबार १ बजे तोकिएको छ।
२०७९ पुस ६ गते
प्रतिक्रिया









