राष्ट्रिय पोशाक लगाएर नेपाली भाषामै सपथ लिन एमाले सांसदलाई निर्देशन

काठमाडौँ । नेकपा एमालेले आफ्ना सांसदलाई राष्ट्रिय पोशाक नै लगाएर सपथ ग्रहण गर्न मौखिक निर्देशन दिएको छ । त्यस्तै, नेपाली भाषामै सपथ लिन पनि पार्टीले आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ ।

सकेसम्म नेपाली भाषा र राष्ट्रिय पोशाकमै सपथ लिन निर्देशन दिइएको भए पनि लिखित रुपमा निर्देशन दिएर अनिर्वाय नै भने गरिएको छैन ।

संविधानले भने आफ्नो मातृ भाषा र आफ्नै पोशाकमा सपथ लिन पाउने व्यवस्था गरेको छ । यही विषयले लिएर एमालेभित्र केही सांसदले असन्तुष्टि समेत जनाएका छन् ।

संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे प्रतिनिधि सभाका नवनिर्वाचित जेष्ठ सदस्य पशुपति शमशेर बजराबाट सांसदहरुको सपथ ग्रहण गराइने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + four =