देउवालाई गगनले भने– उम्मेदवारी फिर्ता लिने ऐतिहासिक निर्णय गर्नुस्
२०७९ पुस ५ गते

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री एवं संसदीय दलको नेताका उम्मेदवार गगन थापाले पार्टी सभापति तथा संसदीय दलका नेताका उम्मेदवार शेरबहादुर देउवालाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् ।
सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै थापाले यस्तो आग्रह गरेका हुन् ।
उनले शान्त मनले सोच्न र आफ्नो उम्मेदवारी फिर्ता लिने ऐतिहासिक निर्णय लिन सभापति देउवालाई आग्रह गरे । ‘वरिष्ठ नेता रामचन्द्र पौडेललाई कांग्रेसको भविष्यप्रति चिन्ता गरेर परिवर्तनको सन्देश मनन गर्न आग्रह गर्दछु,’ उनले भने, ‘हामी सरकारको नेतृत्व गर्छौं र सरकारले काम नै गरेर अर्को चुनावमा पार्टीलाई सबै भन्दा ठूलो दल बनाउँछौँ । पार्टी बदल्छौँ, देश पनि बदल्छौँ ।
२०७९ पुस ५ गते
प्रतिक्रिया









