सरकारमा जान सकारात्मक छौँ : सिके राउत (भिडिओसहित)
२०७९ पुस ४ गते

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सिके राउतले सरकारमा जान आफू सकारात्मक रहेको बताएका छन् ।
सबै पक्षसँग छलफलसँग छलफलका लागि आफूहरु खुला रहेको उनले बताए । निर्वाचन आयोगले गरेको जलपान समारोहमा उपस्थित उनले सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् ।
उनल आफ्नो पार्टीले राखेका मागहरु सम्बोधन हुने गरी सरकारमा जाने पनि बताए । राउतले सरकारका लागि बन्ने समीकरण हेर्ने र आवश्यक निर्णय गर्ने बताए ।
सरकारका लागि बन्ने समिकरण हेरेर आवश्यक निर्णय गर्छौँ : सिके राउत pic.twitter.com/c3AF7Xd6zy
— Makalu Khabar (@makalukhabar) December 19, 2022
२०७९ पुस ४ गते
प्रतिक्रिया









