सरकारमा जाने वा नजानेबारे छलफल गर्दैछाैँ : रवी लामिछाने (भिडिओसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारमा जाने वा नजाने भन्ने विषयमा पार्टीभित्र छलफल सुरु भएको बताएका छन् ।
सोमबार निर्वाचन आयोगले गरेको जलपान समारोहपछि सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रपतिले सरकार गठनको आह्वान गरेसँगै आफ्नो पार्टीभित्र पनि सरकारमा जाने वा नजाने भन्ने बिषयमा छलफल सुरु भएको बताएका हुन् ।
उनले आफ्नो पार्टीले एजेण्डालाई सरकारमा लाने बताए । उनले जनतासँग गरेका प्रतिवद्धता र एजेण्डा पूरा गर्ने प्रतिवद्धता भयो भने परिवेश वेग्लै भए पनि सरकारमा जान सकिने बताए । तर, सरकारमा जानकै लागि जानुको भने औचित्य नभएको उनको धारणा छ ।
उनले पार्टीले आफूलाई दलको नेतामा चयन गरेको पनि जानकारी दिए । लामिछाने पार्टीका कुनै सदस्यहलाई बोल्न बन्देज नलगाइएको बताए ।
सरकारमा जाने विषयमा पार्टीभित्र छलफल गर्दैछौँ : रवि लामिछाने pic.twitter.com/w7n1GQJqfd
— Makalu Khabar (@makalukhabar) December 19, 2022









