भारतीय सेनाकाे प्रशिक्षण कमाण्ड प्रमुख सन्धु नेतृत्वकाे भ्रमण टाेली नेपालमा

काठमाडौँ । भारतीय सेनाको सेना प्रशिक्षण कमाण्डका प्रमुख नेपाल आइपुगेका छन् । प्रशिक्षण कमाण्डका चिफ अफ स्टाफ लेफ्टिनेन्ट जनरल जेएस सन्धु आइतबार नेपाल आइपुगेका हुन् ।

लेफ्टिनेन्ट जनरल सन्धुसहितको भ्रमणदल एक हप्तासम्म नेपालको औपचारिक भ्रमण रहने भएको हो ।

लेफ्टिनेन्ट जनरल सन्धुसहितको भ्रमणदललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नं १४ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी विनोद खरेलले स्वागत गरेका थिए ।

नेपाल सरकार र भारत सरकारबीच सम्पन्न सुरक्षा मामिलामा नेपाल–भारत द्विपक्षीय परामर्शदात्री समूह (बीसीजीएसआई)का बैठकहरूमा भएको सहमतिअनुसार भ्रमणदल नेपाल आएको हो ।

बीसीजीएसआईमा दुई देशका सेनाका उच्च तथा मध्यम तहका अधिकृतहरूबाट दुई देशबीच निरन्तर रूपमा स्थलगत अवलोकन तथा अध्ययन भ्रमण सञ्चालन गर्ने सम्झौता भएको थियो ।

भ्रमणदलले पुस ९ गतेसम्मको नेपाल बसाइका क्रममा प्रधानसेनापति प्रभुराम शर्मासँग भेटघाट एवं छलफल, कमाण्ड तथा स्टाफ कलेज, नेपाली सैनिक प्रतिष्ठान, नेपाली सैनिक वार कलेज, वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पश्चिम पृतना हेडक्वार्टर, नेपाली सैनिक ब्याटल स्कुलको अवलकोन भ्रमण गर्नेछ ।

यस्तै सो क्रममा धार्मिक तथा पर्यटकीय स्थलहरूको समेत उनीहरूले भ्रमण गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + four =