कोभिड प्रतिबन्ध खुकुलो बनाएपछि चीनमा पहिलोपल्ट दुई पूर्व पत्रकारको मृत्यु

काठमाडौं । कोभिड-१९ का कारण राजधानी बेइजिङमा चिनियाँ सरकारी सञ्चारमाध्यमका दुई जना पूर्व पत्रकारहरूको मृत्यु भएको छ । सरकारले कोभिड प्रतिबन्ध खुकुलो बनाएपछि पहिलो पटक मृत्युको रिपोर्ट गरिएको हो ।

पिपुल्स डेलीका पूर्व रिपोर्टर याङ लिआङ्हुआको डिसेम्बर १५ मा ७४ वर्षको उमेरमा मृत्यु भएको थियो भने चाइना युथ डेलीका पूर्व सम्पादक झोउ झिचुनको ७७ वर्षको उमेरमा डिसेम्बर ८ मा निधन भएको वित्तीय पत्रिका काइक्सिनले जनाएको छ ।

चीनको राष्ट्रिय स्वास्थ्य प्राधिकरणले डिसेम्बर ७ मा महामारी नियन्त्रण नीतिहरू खारेज गरेपछि कुनै आधिकारिक कोभिड मृत्यु रिपोर्ट गरेको छैन । अन्तिम आधिकारिक मृत्यु डिसेम्बर ३ मा सान्डोङ र सिचुआन प्रान्तहरूमा रिपोर्ट गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *