पोखराबाट अन्तराष्ट्रिय विमानस्थल उडानयोग्य रहेको क्यालिब्रेसन फ्लाइटको प्रतिवेदन

पोखरा । निर्माण सम्पन्न भएको पोखरा अन्तराष्ट्रिय विमानस्थल अन्तराष्ट्रिय उडानका लागि योग्य रहेको पुष्टी भएको छ । २ साताअघि एरोथाइ कम्पनीको जहाजले क्यालिब्रेसन फ्लाइट गरेर प्रतिवेदन बुझाएको हो । १ सातासम्म भएको उडानबाट विमानस्थलबाट अन्तराष्ट्रिय उडान भर्न समस्या नहरेको प्रतिवेदन एरोथाइले दिएको छ ।

नेपाल नागरिक उड्ययन प्राधिकरणले जनवरी १ तारिखबाट अन्तराष्ट्रिय उडान भर्ने तयारी गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले विशेष कार्यक्रमका बीच विमानस्थल उद्घाटन गर्ने छन् । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार उक्त प्रतिवेदन क्यानबाट प्रमाणिकरण भएपछि सार्वजनिक गरिने छ ।

यहाँबाट उडान भर्नुअघि अध्यागमन, भन्सार, मेडिकल, सुरक्षा व्यवस्था लगायतका सबै तयारी पूरा भैसकेको नागरिक उड्ययन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमले जानकारी दिए । करिव ४ हजार रोपनी क्षेत्रफलमा फैलिएको विमानस्थलमा २ हजार ५ सय मिटर लामो रनवे छ भने पार्किङको राम्रो सुविधा छ । चीनको एक्जिम बैंकको सहुलियत ऋण सहयोगमा चिनियाँ कम्पनीले नै २२ अर्व लगानीको एयरपोर्ट तयार गरेका छन् ।

उक्त एयरपोर्टको ठेकेदार कम्पनीले चैतमा नै सरकारलाई एयरपोर्ट हस्तान्तरण गरिसकेको छ । यहाँबाट पहिलो उडान नेपालकै बुद्ध एयरले भर्ने तयारी गरिरहेको छ । यद्यपी क्यानले त्यसको टुंगो लगाएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *