पत्रकार गिरिराज बाँस्कोटाको कञ्चनजङ्घाको काखबाट विमोचन

पाँचथर । गिरिराज बाँस्कोटाको नियात्रा सङ्ग्रह कञ्चनजङ्घाको काखबाट विमोचन भएको छ ।

विभिन्न क्षेत्रका रङ्गीन तस्वीर सहित सहितको नियात्रा संग्रह पाँचथर सदरमुकाम फिदिममा विमोचन भएको हो ।

मोटरसाईकलमा पुष्पलाल मध्यपहाडी लोकमार्ग हुँदै पूर्व पश्चिम यात्रा, कञ्चनजङ्घा हिमाल क्षेत्र लगायतका विभिन्न क्षेत्रका नियात्राका २० पाठ रहेका छन् । हरेक ठाँउको यात्राका तस्वीर समेत पुस्तकमा समावेश गरीएको छ ।

शुक्रबार नेपाल पत्रकार महासंघ पाँचथरको साधारण सभामा १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङ्बोले उक्त पुस्तक विमोचन गरेका छन् ।

बाँस्कोटाको पुरुतकमा पछिल्ला दशबर्ष गरिएका यात्राका विषयबस्तु उक्त पुस्तकमा छन् ।

चौरी, गुराँस, तितेमाछा जस्ता विषयलाई पनि समेटिएका छन् । नेपालका मध्यपहाडीजिल्ला तथा पूर्वका इलाम, पाँचथर, ताप्लेजुङ, तेह्थुम, धनकुटाका विषयबस्तु समेटिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *