वर्षमान पुनको स्वास्थ्यमा सुधार, एक साता भित्र नेपाल फर्कने तयारी

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनकाे स्वाथ्यमा सुधार आएको छ ।

उनकी पत्नीसमेत रहेकी पूर्वसभामुख एवं माओवादी केन्द्रकी स्थायी समिति सदस्य ओनसरी घर्तीले उनको स्वास्थ्यमा सुधार आएको बताएकी छीन् । घर्तीका अनुसार उनी अबको एक साता भित्र नेपाल फर्कने तयारीमा छन् ।

लामो समयदेखि जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित पुन स्वास्थ्यमा थप समस्या देखिएपछि चिकित्सकको परामर्शमा फलोअप उपचारका लागि मंरिर २३ गते साढे ७ बजे फ्लाइ दुबईको उडानबाट चीन उडेका थिए ।

उनमा भएको रोगलाई चिकित्सकीय भाषामा सिग्गलर नाजार टाइप टू सिन्ड्रोम भनिन्छ। चीनमा कोरोना महामारीका कारण लकडाउन भएकाले नेपाल–चीन सिधा हवाई उडान नहुँदा पुन दुबई, ग्वान्झाओ हुँदै चीनको सेन्जेन गएका थिए ।

नेता पुनको सेनजेनस्थित थर्ड पिपुल्स् अस्पतालमा उपचार गराइरहेका छन् । एक वर्षअघि पनि उनको सोही अस्पतालमा उपचार भएको थियो। चीनमा उपचार गरेपछि नियन्त्रित अवस्थामा रहेको जण्डिसको मात्रा बिलरुबिन चुनावी धपेडीका कारण अत्याधिक बढेपछि उनलाई फलोअप उपचारमा जान चिकित्सकले सुझाएका थिए।

४ मंसिरको निर्वाचनमा रोल्पाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित पुन स्वास्थ्यमा समस्या देखिएपछि मतगणना नसकिँदै काठमाडौँ आएका थिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *