लाखौंकाे सुनका गहना चोरी गर्ने युवती पक्राउ

काठमाडाैँ । जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न वृद्ध महिलाका गहना चोरी गर्ने एक युवतीलाई पक्राउ परेको छ । पक्राउ पर्नेमा पर्वत मोदी गाउँपालिका–६ घर भइ हाल पोखरा महानगरपालिका वडा नं. ४ गणेश टोल बस्ने वर्ष ३४ की टीका श्रेष्ठ रहेकी छन् ।

उनले पोखराका विभिन्न स्थानबाट वृद्धा महिलाहरूको घरमा परिवारको अन्य सदस्यहरू नभएको मौका पारी ललाईफकाई गरी भुलाई वृद्धाहरूले घाँटी तथा कानमा लगाएको र घर कोठामा राखेको विभिन्न किसिमको सुनका गहना र नगद रुपैयाँहरू चोरी गरेको कास्की प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेकी श्रेष्ठबाट पीडितले दावी गरेका गरगहना र नगद बरामद भएको छ । श्रेष्ठलाई जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा ५ दिन म्याद थप गरी थप अनुसन्धान प्रकृया अगाडी बढाइएको कास्की प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए ।

पीडित तथा चोरी भएका धनमालको विवरण

१. पोखरा–११ रानीपौवा बस्ने वर्ष ७८ की दुर्गाकुमारी पाध्यको नगद २ लाख ६१ हजार ५८ रुपैयाँ ।

२. पोखरा–१३ पाटनबेशी बस्ने वर्ष ८३ की रिखीमाया सापकोटाको ३ लाख रुपैयाँ ।

३. पोखरा–१२ माटेपानी बस्ने वर्ष ७० की तिलकुमारी थापाको ८ लाख रुपैयाँ ।

४. पोखरा–१२ उपकरमार्ग बस्ने वर्ष ९० की शान्ति माया गुरुङको ३ लाख ५५ हजार २५० रुपैयाँ ।

५. पोखरा–११ फूलबारी बस्ने वर्ष ८७ की ठगकुमारी महत क्षेत्रीको १ लाख ५० हजार रुपैयाँ ।

६. पोखरा–१५ गलेश्वरमार्ग बस्ने वर्ष ५४ की सीतामाया गिरीको २५ हजार रुपैयाँ ।

७. पोखरा–२७ कास्की बस्ने वर्ष ६५ की मधुमाया पौडेलको ३ लाख ५७ हजार रुपैयाँ ।

८. पोखरा–१० मिलनटोल बस्ने वर्ष ८२ की डुमादेवी थापाको ६ लाख ९ हजार रुपैयाँ गरी जम्मा २७ लाख २ हजार ५८ रुपैयाँ बराबरको विभिन्न किसिमको सुनका गहनाहरू ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =