निर्वाचन आयोगले प्रधामन्त्रीलाई बुझायो परिणामसहितकाे प्रतिवेदन

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष निर्वाचन आयोगका पदधिकारीहरुले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन २०७९ को निर्वाचन परिणामसहितको प्रतिवेदन बुझाएका छन् ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा रहेको आयोग टोलीले प्रधानमन्त्री देउवालाई प्रतिवेदन बुझाएको हो ।

उक्त अवसरमा प्रधानमन्त्रीले सफलतापूर्वक निर्वाचन सम्पन्न गरेकोमा निर्वाचन आयोगलाई धन्यवाद दिएका छन् ।

साथै निर्वाचन आयोगका पदाधिकारीहरुले सरकारको पूर्ण सहयोगका कारण चुनाव सम्पन्न गर्न सहज भएको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *