नेहा चौधरी र कुमारी आमा निहारिका पक्राउ

जनकपुरधाम । महोत्तरीको रामगोपालपुरमा सडक आन्दोलनमा उत्रेकी नेहा चौधरी र कुमारी आमा निहारिका राजपुतलाई प्रहरीले पक्राउ गरेको छ ।

सासु र ससुरालाई समेत पक्राउ गर्नुपर्ने भन्दै आज मध्यान्हबाटै नेहाले कुमारी आमा निहारिका र स्थानीयको सहयोगमा सडक आन्दोलनमा थिइन् । सवारी साधन तोडफोड गरेपछि नेहा र निहारिकालाई नियन्त्रणमा लिएको महतोत्तरीका एसपी कृष्ण पङ्गेनीले जानकारी दिए ।

प्रहरीले दुबै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय जलेश्वर लगेको छ । एसपी पङ्गेनीले उनीहरुलाई के गर्ने विषयमा सल्लाह गरिरहेको बताए ।

दहेजको निहुंमा नेहालाई श्रीमान पंकज चौधरी, सासु र ससुरा कुटपिट गरी घरबाट निकालेका छन् । पंकजले अदालतमा डिभोर्स मुद्दा चलाएपछि उनीमाथि नेहाले घरेलु हिंसा र दाईजो विरुद्ध मुद्दा दर्ता गराएकी छन् ।

दाईजो र घरेलु हिंसा विरुद्धको मुद्दामा पंकजलाई दुई दिन अगाडी नै प्रहरीले पक्राउ गरिसकेको छ । तर नेहाले सासु र ससुरालाई समेत पक्राउ गर्नुपर्ने माग राख्दै आन्दोलन गर्दै आएकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *