यसपटक पनि बाजुराले पायो पाँच सांसद

काठमाडाैँ । प्रत्यक्ष तर्फबाट निर्वाचित बाहेक समानुपातिक कोटाबाट बाजुराले थप दुई जना सांसद पाएको छ । प्रतिनिधि सभा तर्फको समानुपातिक सूचीबाट दयाल बहादुर शाही र प्रदेश सभा समानुपातिक सूचीबाट जुना दानी सांसद बनेका हुन् ।

प्रतिनिधि सभा सांसद बनेका शाही नेकपा एमाले केन्द्रीय कमिटी सदस्य हुन्। भने प्रदेश सभा सदस्य दानी नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि हुन्।

थप दुई जना सांसद थपिएसँगै बाजुरामा सांसदको सङ्ख्या पाँच पुगेको छ। प्रतिनिधि सभा तर्फ प्रत्यक्ष तर्फ नेपाली काँग्रेसका सह महामन्त्री बद्री पाण्डे र समानुपातिक तर्फ नेकपा एमालेका केन्द्रीय सदस्य दयालबहादुर शाही सांसद बनेका छन्।

यस्तै, प्रदेश सभामा नेकपा एकीकृत समाजवादीबाट नरेश कुमार शाही र नेपाली काँग्रेसबाट पदमबहादुर शाही प्रत्यक्ष तर्फका सांसद हुन्। भने जुना दानी काँग्रेसकै कोटाबाट समानुपातिक सांसद बनेकी छन्। बाजुरामा माओवादी बाहेक अन्य सक्रिय तीन वटै दलले संसदमा प्रतिनिधित्वको अवसर पाएका छन्।

नेकपा एमालेले लोकतान्त्रिक वाम गठबन्धनसँग प्रत्यक्षमा चुनाव हारे पनि समानुपातिक कोटाबाट प्रतिनिधि सभामा नै सांसद पाएको छ। माओवादीले भने यो पटक त्यो अवसर गुमाएको छ। प्रदेश सभा समानुपातिक सूचीमा कमल कुमारी शाहको नाम भए पनि सांसदको सूचीमा अटाउन सकेनन् ।

यस्तै, नेकपा एमालेका काशीबहादुर विकको नाम पनि प्रदेश सभा समानुपातिक तर्फको सूचीमा थियो। दलित पुरुष तर्फको दुई नम्बरमा नाम उल्लेख गरिएको भए पनि बन्द सूचीमा पहिलो नम्बरमा नाम राखिएका कञ्चनपुरका हिरा सार्की सिफारिसमा परेका छन्।

बाजुराले २०७० पछि ४ देखि ५ जना सांसद पाउँदै आएको छ। २०७० मा प्रत्यक्ष तर्फ नेकपा एमालेका कर्णबहादुर थापा, समानुपातिक तर्फ एमालेकै बसुन्धरा रोकाया र पेम्बा गुरुङ भोटे, काँग्रेसका बद्री पाण्डे, माओवादीबाट कर्णबहादुर विक केशव सांसद बनेका थिए।

यस्तै २०७४ मा प्रत्यक्ष तर्फ प्रतिनिधि सभामा नेकपा एमालेका लालबहादुर थापा, प्रदेश तर्फ एमालेका बलादेव रेग्मी र प्रकाश शाह, त्यस्तै समानुपातिक राष्ट्रिय सभामा बद्री पाण्डे सांसद बनेका थिए। यो पटक पनि प्रतिनिधि सभामा बद्री पाण्डे, प्रदेश सभामा नरेश शाही, पदम बहादुर शाही र समानुपातिक तर्फ दयाल बहादुर शाही र जुना दानी सांसद भएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *