गण्डकी मेडिकल कलेजमा मुटु राेगको उपचार सुरु

पोखरा । पोखराको गण्डकी मेडिकल कलेजले मुटुरोग उपचार सुरु गरेको छ । अस्पतालले बुधबार क्याथल्याव सेवाको औपचारिक सुरुआत गरेको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले हृदयरोग उपचार केन्द्रको उद्घाटन गरेका छन् । विशेषगरी गण्डकी प्रदेशका विरामीलाई लक्षित गरी सस्तोमा मुटुको उपचार गर्ने लक्ष्यले क्याथल्याव सन्चालन गरिएको अध्यक्ष खुमा प्रसाद अर्यालले जानकारी दिए ।

‘मुटुको रोग महँगो छ । गण्डकीका मान्छेले अरु ठाउँमा गएर उपचार गर्दा झनै महंगो पर्छ,’ उनले भने, ‘हामीले विरामीलाई नै लक्षित गरी सेवा सुरु गरेका हौं ।’ मुटुका बिरामीलाई महंगो खर्चमा हेलिकोप्टमार्फत् काठमाडौं तथा विदेश समेत धाउनुपर्ने अवस्था छ ।

पोखरालाई मेडिकल शिक्षाको हब बनाउन र प्रदेशभरको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन प्रदेश सरकार क्रियाशील रहेको मुख्यमन्त्री पोखरेलले बताए ।

‘गण्डकी सरकारको अभियानमा कलेजले सहयोग गरेको छ । अब पोखरा र आसपासका विरामी बाहिर जानुपर्दैन भन्ने विश्वास छ,’ उनले भने, ‘हामी पोरखालाई मेडिकलको हव बनाउन चाहान्छौं ।’ उनले प्रदेश सरकारले संचालनमा ल्याएको सरुवा रोग तथा संक्रामक अस्पताललाई आधार मानेर गण्डकी विश्वविद्यालय मातहत मेडिकल कलेज सुरु गर्न लागिएको बताए ।

३ सय बेड क्षमताबाट सुरु भएको कलेजमा अहिले ५ सय ५० बेड छन् । कलेजले एमविविएस, बीडीएस, विएस्सी, नर्सिङ, बीएन, बीपीएच लगायत पढाइरहेको छ । १५ करोड भन्दा बढी लागतमा क्याथल्याव अहिले सुरु गरिएको कलेजले जनाएको छ । साढे २ महिनाअघि देखि उपचार थालेपनि औपचारिक उद्घाटन भने अहिले गरिएको डा। मधु रोकाले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *