गण्डकी सरकारको प्रवक्तामा मणिभद्र शर्मा नियुक्त

पोखरा । गण्डकी प्रदेश सरकारको प्रबक्तामा मणिभद्र शर्मा नियुक्त भएका छन् ।

उद्योग, पर्यटन, वाणिज्य तथा आपुर्ति मन्त्री शर्मा नेपाली कांग्रेसबाट सांसद बनेका थिए । यसअघिका प्रवक्ता कुमार खड्कालाई आफ्नै पार्टीका उम्मेद्वारविरुद्ध गतिविधि गरेको आरोपमा चुनावको केही दिनअघि बर्खास्त गरेको थियो ।

बुधबार बसेको मन्त्रीपरिषद बैठकले शर्मालाई नयाँ प्रवक्ताको जिम्मेवारी दिएको हो । बैठकले प्रदेश खेलकुद परिषदको सदस्य सचिव छनोटका लागि सिफारिस समिति गठन गरेको छ ।

युवा तथा खेलकुद मन्त्री राजीव गुरुङको संयोजकत्वमा गठित समितिले सम्भावित नामहरुको खोजी गरी सरकारलाई सिफारिस गर्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *