धनुषा ४ मा पुनः मतगणना माग गर्दै कांग्रेस उम्मेदवार यादवद्वारा सर्वोच्चमा रिट

काठमाडौँ । धनुषा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ४ का नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवले पुनः मतगणनाको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् ।

नेकपा एमालेका उम्मेदवार रघुवीर महासेढले उनलाई पराजित गरेका हुन् । तर, निर्वाचन आयोगले सार्वजनिक गरेको उक्त मत परिणामप्रति असहमति जनाउँदै उनले पुनः मतगणना गर्न मागसहित सर्वोच्चमा बुधबार रिट दायर गरेका हुन् ।

उनले निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय धनुषा, जिल्ला निर्वाचन कार्यालय धनुषा, प्रमुख जिल्ला अधिकारी र एमाले उम्मेदवार महासेठलाई विपक्षी बनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *