देउवाले अपराधी छुटाएर सरकार बनाउन लागे : विष्णु रिजाल

काठमाडौँ । रेशम चौधरीलगायत नेता रिहा गर्न अध्यादेश ल्याउने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले सरकारको आलोचना गरेका छन्। विशेषतः उनले प्रधानमन्त्री शेरबहादुर देउवाको कडा आलोचना गरेका हुन् ।

जे गरेर भए पनि सत्तामा पुग्ने देउवाले यसपटक अपराधी छुटाएर सरकार बनाउन लागेको आरोप एमाले नेता रिजालले लगाएका छन्।

‘जम्बो मन्त्रिपरिषद् बनाएर, सांसद किनेर, राजाका बलमा आफ्नै पार्टी फुटाएर, अध्यादेशका आधारमा अर्काको पार्टी फुटाएर – जे गरेर भए पनि सत्तामा पुग्ने विशेषज्ञता हासिल गर्नुभएका ‘सत्ताका सदाबहार सौदागर’ शेरबहादुर देउवा यसपटक जेलमा रहेका अपराधी छुटाएर सरकार बनाउन लाग्नुभएको छ’, रिजालले समामाजिक सञ्जालमा लेखेका छन्।

सत्ता साझेदार माओवादी केन्द्र सहभागी नहुँदा पनि बहुमत पुर्‍याउन सकिन्छ भनेर प्रचण्डलाई देखाउन प्रधानमन्त्री देउवाले संविधानविपरीत रेशम चौधरीलाई रिहाइ गर्न खोजेको आरोप उनले लगाएका छन्।

सरकारले रेशम चौधरीलगायत फौजदारी मुद्दामा थुनामा रहेका तीन दलका नेता कार्यकर्ता रिहा गर्न मुलुकी फौजदारी संहिता संशोधन अध्यादेश ल्याउने निर्णयको एकपछि अर्का नेताले विरोध गरिरहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *