दलहरूले टुंग्याए समानुपातिक सांसद, यी हुन् गण्डकीका २४ जना

पोखरा । समानुपातिक सिट पाएको ४ वटै राजनीतिक दलले गण्डकीको समानुपातिक सांसद टुङ्ग्याएका छन् । समानुपातिक तर्फ पहिलो बनेको नेकपा एमालेले १० जना, काँग्रेसले ९ जना, माओवादी केन्द्रले ३ जना र राप्रपाले २ जनाको नाम टुङ्गो लगाएका हुन् ।
एमालेले ४ जना खस आर्य, ४ जना आदिवासी जनजाति र २ जना दलित तथा काँग्रेसले ४ जना आदिवासी जनजाति, ३ जना खस आर्य र २ जना दलित सांसद बनाएको छ ।
एमालेबाट खस आर्यमा यशोदा रिमाल, देवका पहारी त्रिपाठी,कृष्णप्रसाद पाठक र प्रकाश केसी सांसद बनेका हुन् । आदिवासी जनजाति क्लष्टरबाट विना थापा, निर्मला थापा, राजकुमारी भुजेल र लिलाबहादुर थापा, तथा दलित कोटामा नन्दकला दमाई र गोविन्दबहादुर नेपाली सांसद बने ।
काङ्ग्रेसबाट आदिवासी जनजातिमा विमला गौचन, रेखा गुरुङ, सरस्वती गुरुङ र पार्वती तामाङ प्रदेश सांसद बनेका छन् । खस आर्यमा सरस्वती अर्याल, चम्पादेवी खड्का र कल्पना तिवारी तथा दलितमा टिकाकुमारी बस्याल र दिलमाया पौवि सांसद बनेका छन् ।
माओवादी केन्द्रबाट कुशुम बुढा, सुशिला सिंखडा र दमयन्ती रुचाल सांसद बनेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पन्चराम गुरुङ र विन्दु पहाडी सांसद बनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *