कर्णाली नदीमा जेसिबी खस्दा २ जनाको मृत्यु, ३ बेपत्ता

कालिकोट । कर्णाली करिडोरस्थित रेगिल सडकखण्डमा स्काई भेटर डोजर पल्टिँदा दुई जनाको मृत्यु भएको छ । फुकोट कर्णाली हाइड्रो पावरको सुरुङ मार्गमा काम गर्दै गरेको डोजर कर्णाली नदिमा खसेको हो ।

दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते छन् । तीन जना नदिमा बेपत्ता भएको प्रहरीले जनाएको छ । डोजर दुर्घटनामा सान्नित्रिबेणी–१ का अन्दाजी १७ वर्षीय चरित्र बिक र सान्नित्रिबेणी–१ का अन्दाजी १४ वर्षीका युवाराज बुढाको मृत्यु भएको छ ।

दुर्घटनामा परी सान्नित्रिबेणी–१ कै नर गीरीका छोरा उमेस गिरि, सान्नित्रिबेणी–१ का रक्तिम बिक अछाम घरभई डोजर चालक रहेका कमल सोडारी बेपत्ता रहेका छन् ।

डोजरमा रहेका रास्कोट नगरपालिका–७ का मिलन शाही गम्भीर घाइते छन् । घाइतेरूको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहे छ । बेपत्ताको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय का प्रवक्ता सुभराज बमले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *