समानुपातिक तर्फका सांसद निर्वाचित भएको घोषणा आउँदो सोमबार गरिने

काठमाडौँ । निर्वाचन आयोगले मङ्सिर २६ गते सम्ममा समानुपातिकतर्फका सांसदहरू पनि निर्वाचित भएको घोषणा गर्ने भएको छ ।

राजनीतिक दलहरूले शनिबार बुझाएको नामावली जाँचबुझ गरी आउने सोमबार समानुपातिकतर्फका सांसदहरू पनि निर्वाचित भएको घोषणा हुने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगले समानुपातिकतर्फबाट सांसदहरू पनि निर्वाचित भएको एक हप्ताभित्र निर्वाचन सम्बन्धी सम्पूर्ण प्रतिवेदन राष्ट्रपति विद्या भण्डारी समक्ष बुझाउने स्पष्ट पारेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *