राष्ट्रिय भूमि अधिकार मञ्च सुर्खेतको पाँचौ जिल्ला सम्मेलन सुरु

सुर्खेत । राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल, जिल्ला कार्य समिति सुर्खेतको पाँचौ जिल्ला सम्मेलन वीरेन्द्रनगरमा सुरु भएको छ। शनिबार राष्ट्रिय भूमि अधिकार मञ्च सुर्खेतले आयोजना गरेको उक्त सम्मेलन आइतबार समापन हुनेछ।

राष्ट्रिय भूमि अधिकार मञ्च सुर्खेतले २०६५ सालदेखि जिल्लाका भूमि समस्याका बारेमा सरोकारवालासंग समन्वय गरी समाधानका लागि पहल गर्ने काम गर्दै आएको छ। आज पाँचौ जिल्ला सम्मेलनमा मंगलगढी चौकबाट निकालिएको र्याली पिपलचौतारमा गएर कोणसभामा परिणत भएको थियो।

भूमि अधिकार मञ्च सुर्खेतका अध्यक्ष कुष्णा खत्रीले भूमि सम्बन्धी विभिन्न समस्या समाधानका लागि सरोकारवाला सँग निरन्तर पहल गर्दै आएको बताइन् । सुर्खेतमा भूमिहीन सुकुम्वासीका समस्याहरू समाधान गर्न चुनावमा राजनीतिक दलका एजेण्डा बने पनि यसको समाधान हुन नसकेको बत्ताइन् । भूमि अधिकार मञ्च सुर्खेतले गरेका विभिन्न कामहरूको स्मरण गर्दै उनले आगामी दिनमा भूमि समस्या समाधान गर्न सबै एकजुट भएर लाग्नुपर्ने बताइन् ।

कार्यक्रममा सहभागीहरूले सरोकारवालाले भूमि समस्या समाधान गर्न देखाएको ढिलासुस्तीमा गुनासो गरेका थिए । यस्तै भूमि अधिकार मञ्च सुर्खेतको पाँचौ जिल्ला सम्मेलनको भोलि समापन हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *