समानुपातिकतर्फ एमालेलाई पहिलो दल बनाएकोमा ओलीले दिए धन्यवाद

काठमाडौँ । मंसिर ४ गते सम्मपन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेकपा एमालेलाई समानुपातिकतर्फ पहिलो दल बनाएको भन्दै अध्यक्ष केपी शर्मा ओलीले धन्यवाद दिएका छन् ।

प्रतिनिधि सभामा एमालेल समानुपातिमा सबैभन्दा बढी मत पाएको छ । एमालेले प्रतिनिधि सभा समानुपतिकमा २८ लाख ४५ हजार ६ सय ४१ मत पाएको छ।

समानुपातिकमा नेपाली कांग्रेसले २७ लाख १५ हजार २ सय २५ मत ल्याएको छ । कांग्रेसले भन्दा एमालेले समानुपातिक मतका आधारमा २ सिट बढी जितेको छ ।

एमालेले समानुपातिकतर्फ प्रतिनिधि सभामा ३४ सिट जितेको हो। प्रत्यक्षतर्फ भने एमालेले ४४ सिट जितेको छ। प्रतिनिधि सभामा अब एमाले दोस्रो ठूलो दल भएको छ। एमालेका ७८ जना सांसद छन्।

अध्यक्ष ओलीले लोकप्रिय मतमा एमाले पहिलो भएकोमा मतदातालाई आज धन्यवाद दिएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *