कांग्रेसलाई संसदको ठूलो दल बनाएकोमा देउवाले दिए धन्यवाद

काठमाडौँ । मंसिर ४ मा भएको निर्वाचनमार्फत नेपाली कांग्रेसलाई सबैभन्दा ठूलो दल बनाएकोमा प्रधानमन्त्रीसमेत रहेको कांग्रेस सभापति शेरबहादुर देउवाले धन्यवाद दिएका छन् ।

निर्वाचनको समानुपातिसहित सम्पूर्ण परिणाम आएपछि शुक्रबार बिहान ट्वीट गर्दै देउवालले सबैभन्दा ठूलो दल बनाएकोमा सबैलाई धन्यवाद दिएका हुन् । कांग्रेसले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ सिट जितेको छ ।

दुवै मिलाएर प्रतिनिधि सभामा कांग्रेसका ८९ सदस्य रहने छन् । कांग्रेसले सत्तारुढ गठबन्धनमा रहेका ५ दलीय गठबन्धनमा तालमेल गरेर निर्वाचमा प्रतिस्पर्धा गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *