समानुपातिक सांसद छान्न राप्रपाको बैठक शनिबार बस्ने

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो भागमा परेका २४ समानुपातिक सांसदको छोट गर्न कार्यसम्पादन समितिको बैठक बोलाएको छ । पार्टी कार्यालय धुम्बाराहीमा शनिबार ११ बजे बैठक बस्ने पाटीले जनाएको छ । बैठकमा चुनावी समीक्षा समेत गरिने छ ।

राप्रपाले प्रतिनिधि सभातर्फ समानुपातिकमा ७ र प्रदेशसभामा १७ सांसद पठाउन पाउने भएको छ । सांसदको छनोट गर्दा भने चाहिँ यसअघि नै निर्वाचन आयोगमा पछाएको बन्दसूचीमा रहेका सांसदहरु मध्यबाटै छनोट गर्नुपर्ने छ । प्रत्यक्ष निर्वाचनमा भने यो पार्टीले जम्मा ७ सिट जितेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *