समानुपातिक सांसद छनोट गर्न एमाले बैठक आज बस्दै

काठमाडौँ । नेकपा एमालेले आफ्नो भागमा परेको समानुपातिक सिटमा पठाउने सांसदको छनोट गर्न आज सचिवालय बैठक बस्ने भएको छ ।

एमालेले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनबाट ल्याएको मतको आधारमा पाएको समानुपातिक सांसद सिटमा पठाउने सांसदहरुको टुंगो लगाउने पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

नेकपा एमालेले सबै क्लस्टर मिलाएर निर्वाचन आयोगले पठाएको पत्रअनुसार सांसदको टुंगो लगाउने जनाएको छ । एमालेले प्रतिनिधिसभामा ३४ सिट पाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *