गण्डकीमा ७ पार्टीले कटाए थ्रेस होल्ड, ३ पार्टीले पाएनन् समानुपातिक सांसद

पोखरा । थ्रेस होल्ड कटाएपछि समानुपातिक सांसद बन्छन् भन्ने अधिकांशको बुझाई छ । गण्डकी प्रदेशमा समानुपातिक तर्फ ७ वटा पार्टीले थ्रेस होल्ड कटाएका छन् । नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीसँगै हाम्रो नेपाली पार्टी, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाले १.५ प्रतिशत थ्रेस होल्ड समानुपातिकतर्फ कटाएका छन् ।

प्रदेशमा समानुपातिक तर्फ थ्रेस होल्ड कटाएपछि प्रत्यक्षमा चुनाव नजितेपनि सांसद बन्न पाइन्छ । तर थ्रेस होल्ड कटाएका ७ मध्ये ३ पार्टीले सांसद पाएनन् । एमाले, कांग्रेस, माओवादी र राप्रपाले सीट पाउँदा बाँकी ३ पार्टी सांसद विमुख भएका छन् । यसको कारण भनेको थ्रेस होल्ड कटाएपनि सांसद बन्न आवश्यक मत नपुग्नु हो ।

समानुपातिक तर्फ प्रदेश सभामा एमालेले सबैभन्दा बढी मत पाएको छ । एमालेले ३ लाख ६७ हजार ९ सय ८९ मत पाउँदा दोश्रो भएको कांग्रेसले ३ लाख ४९ हजार ६ सय २८ मत पाएको छ । माओवादीले १ लाख १६ हजार ९ सय ४५ र समानुपातिकबाट प्रदेश सभामा पहिलो पटक इन्ट्री गरेको राप्रपाले ५९ हजार ४ सय ८३ मत पाएको छ ।

हाम्रो नेपाली पार्टीले १८ हजार ७ सय ३७ मत पाएको छ भने एकीकृत समाजवादीले १५ हजार ७६ तथा जनमोर्चाले १४ हजार ९ सय ४० मत पायो । अघिल्लो संसदमा १ सांसद पाएको जनमोर्चा यसपालि प्रदेशसभामा निल भएको छ । राप्रपाले भने २ सीट पाएको छ । एमालेले १०, कांग्रेसले ९ र माओवादीले ३ सीट पाएको छ । यसअघि पनि यि तीनै पार्टीले सोही सीट पाएका थिए ।

१० सीट पाएको एमालेको दशौं तथा प्रदेश सभाको २४ औं सीटमा जम्मा ६ सय ३० मतको तलमाथी भएको छ । एमालेले अन्तिम सीट १९ हजार ३ सय ६७ मतबाट पाएको छ भने हाम्रो नेपाली पार्टीले उक्त मत भन्दा ६ सय ३० मत कम अर्थात १८ हजार ७ सय ३७ मत पाएको छ । प्रदेश सभा समानुपातिक सीट बाँडफाँट गर्ने व्यवस्था अनुसार यदी हाम्रो नेपाली पार्टीले ६ सय ३० भन्दा बढी मत थपेको भए एक सीट उक्त पार्टीले पनि पाउन सक्थ्यो ।

उक्त पार्टीले गण्डकीमा बहुमत ल्याएर सरकार बनाउने घोषणा गरेको थियो । चुनाव अघि नै कास्की १ (क) का उम्मेद्वार मदन केसीलाई मुख्यमन्त्री घोषणा गरिएको थियो । तर एक सीट सांसद पनि पाएन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *