तारा एअरको जहाज चीलसँग ठोक्कियाे, जहाजमा क्षति

काठमाडौँ । खाद्यान्न बोकेर हुम्लाका लागि उडेको तारा एअरको जहाज चरासँग ठोक्किएको छ । बुधबार बिहान ११:३७ मा नेपालगन्जबाट हुम्लाको लागि खाद्यान्न बोकेर उडेको तारा एअरको ९एन एकेएल कलसाइनको ट्विनअटर जाहाज हुम्ला विमानस्थलमा अवतरणको क्रममा चरासँग ठोक्किएको हो ।

तर, विमान चालकले हुम्लाको सिमकोट विमानस्थलमा करिब १२:३० बजे सकुशल अवतरण गरेको गराएका छन् ।

चीलसँग ठोक्किएको जहाजको अगाडिको भागमा क्षति पुगेको छ । वायुयानमा कार्गो मात्र रहेको र चालक दलका सबै सदस्य सकुशल रहेको उक्त वायु सेवा कम्पनीले जनाएको छ । हाल तारा एअरका प्राविधिक टोलिले विमानस्थलमा पुगेर जहाजको चेकजाँच गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *