सर्वोच्चमा जान सरकारी सुरक्षाकर्मीकाे स्कर्टिङ टोली कुर्दै जबरा

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा सर्वाेच्च अदालतमा हाजिर हुन जान सरकारी सुरक्षाकर्मीको स्टर्टिङ टोलीलाई कुरिरहेका छन् ।

निलम्बन फुकुवापछि सर्वोच्च अदालत जाने तयारी गरेका प्रधानन्यायाधीश जबराले सरकारी स्कर्टिङ टोली नआई बालुवाटर स्थित सरकारी निवासबाट नहिँड्ने बताएका स्रोतले जानकारी दिएको छ ।

हाल उनी स्कर्टिङ टोलीलाई बालुवाटारमै प्रतिक्षा गरिरहेका छन् । प्रधानन्यायाधीश सर्वोच्च जाने खबर पाएपछि सर्वोच्च बार एशोसिएशनका वकिलहरु भने उनलको विरोधमा प्रदर्शन गरिरहेका छन् । उनीहरुले जबराको निलम्बन फुकुवालाई कानुन विपरीत भएको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *