सामाजिक समावेशीकरण झल्काउन बानेश्वरमा ‘वाल पेन्टिङ’ (तस्बिरहरु)

काठमाडौँ । नयाँ बानेश्वरमा रहेको यातायात व्यवस्था विभागको पर्खालमा सामाजिक समावेशीकरण दर्शाउने भित्तेचित्रकला (वाल पेन्टिङ) परियोजना सुरु भएको छ । नेपालस्थित अमेरिकन दूतावास, काठमाडौँ महानगरपालिकालगायतका संस्थाहरुको समन्वयमा ५ जना चित्रकारले चित्रकला तयार पारिरहेका हुन् ।

विभिन्न स्थानका १० जना चित्रकार मध्यबाट आर्ट टुडे फाउन्डेसनले खुला प्रतिस्पर्धा मार्फत ५ जना छनोट गरी भित्ते चित्रकला तयार पार्न जिम्मेवारी दिइएको हो ।

चित्रकारहमा सिन्धुलीबाट खेम बहादुर पाल्पाली, भक्तपुरबाट सुदीप बल्ल, सर्लाहीबाट मनिषा शाह, ललितपुरबाट किरण महर्जन र संयुक्त राज्य अमेरिकाबाट म्यान वान छनोट भएका छन् ।

तस्बिरहरू

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *