३५ दिनभित्र फोहरको व्यवस्थापन गरिसक्न महानगरको आग्रह

काठमाडौँ । ३५ दिनभित्र फोहरको व्यवस्थापन गरिसक्न महानगरको आग्रह गरेको छ । काठमाडौँ महानगरपालिकाले महानगरभित्र रहेका सरकारी तथा सार्वजनिक कार्यालयलाई फोहरको उचित व्यवस्थापन गर्न अनुरोध गरेको हो ।

महानगरले सरकारी तथा सार्वजनिक कार्यालय, संस्थान, विभिन्न प्रतिष्ठान, स्वास्थ्य तथा शैक्षिक संस्था, गैरसरकारी संस्था, कम्पनी तथा अन्य प्रकृतिका निजी कार्यालयले आफ्नो परिसरमा नियमित सरसफाइ नगरेका कारण सिङ्गो सहरको सुन्दरतामा ह्रास आएको जनाएको छ ।

जताततै छरिएका पुराना उपकरण तथा अन्य फोहर ३५ दिनभित्र व्यवस्थापन गर्न महानगरको वातावरण तथा कृषि विभागले सूचना निकालेर ती निकायलाई आग्रह समेत गरेको छ ।

काठमाडौँ । महानगरपालिकाले सरकारी तथा निजी कार्यालयहरुले परिसरमा रहेका सबै प्रकारका फोहर ३५ दिनभित्र व्यवस्थापन नगरेमा फोहरमैला व्यवस्थापन ऐन २०६८ तथा नियमावली २०७० को कानूनी व्यवस्था अनुसार कारबाही गर्ने चेतावनी दिएको छ ।

साथै महानगरले फोहरमैला व्यवस्थापन गर्न लागेको खर्च समेत सम्बन्धित कार्यालयबाटै असुल गरी कार्यालयको नाम समेत सार्वजनिक गर्ने सूचनामार्फत जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *