रुपन्देही २ मा पुनः मतदानको माग गर्दै सर्वोच्चमा रिट दायर

काठमाडौँ । रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ मा पुनः मतदानको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका गणेश पौडेलले सर्वोच्च अदालतमा रिट हालेका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयले उक्त क्षेत्रमा नेकपा एमालेका उम्मेदवार विष्णु पौडेललाई अनियमित रुपमा निर्वाचित भएको घोषणा गरेको आरोप निवेदनमा लगाइएको छ ।

रास्वपाका उम्मेदवार गणेश पौडेल नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलसँग १ हजार ३ सय ६६ मतान्तरले पराजित भएका थिए ।

निर्वाचन परिणाम सार्वजनिक भएको ११ दिनपछि पौडेल सर्वोच्च गएका हुन् । उनले निर्वाचन अधिकृतको कार्यालय रुपन्देही क्षेत्र नं २, आयोगको केन्द्रीय कार्यालय र निर्वाचित सांसद विष्णु पौडेलसहित ८ निकायलाई विपक्षी बनाएका छन् ।

उक्त क्षेत्रमा निर्वाचन अधिकृत उद्वीर नेपाली खटिएका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *