समानुपातिक सांसदको सूची बुझाउन दलहरुलाई तीन दिनको समय

काठमाडौँ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत दलहरुले पाएको मतका आधारमा सांसद संख्या र कल्ष्टर छुट्याएर नाम पठाउन दलहरुलाई पत्र पठाउने तयारी गरेका छ । यसबारे निर्णंय गर्न आयोजको बैठक हाल जारी छ ।

तीन प्रतिशत थ्रेसहोल्ड कटाएर राष्ट्रिय दलको मान्यता पाएका दलहरुले मात्रै समानुपातिक सांसद पाउने छन् । निर्वाचन आयोगका अनुसार नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले मात्रै तीन प्रतिशत मत कटाएका छन् ।

प्रतिनिधिसभा समानुपातिकतर्फको ११० सिट अब ७ दलमा समानुपातिक मतका आधारमा विभाजन हुनेछ ।

दलहरुले समानुपातिकतर्फका सांसदको नाम पठाइसकेपछि आयोगले प्रतिवेदन तयार पारी राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गर्नेछ। अहिले प्रतिवेदन लेखनको काम पनि भइरहेको र मंसिर २७ गते राष्ट्रपतिलाई बुझाइने आयोगले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *