मन्त्री नपाए पनि नेकपा एस छोड्दिनँ, छाेड्नुपरे राजनीति नै त्याग्दिन्छु : मनाङे

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका राजीव गुरूङ (दीपक मनाङे)ले अब मन्त्री पद नपाए पनि पार्टी नछोड्ने बताएका छन् ।

मनाङेगेको स्वागतमा मंगलबार पार्टी कार्यालय कोटेश्वरमा आयोजना गरिएको कार्याक्रममा पक्रकारले सोधेको सवालको जवाफ दिँदै मनाङेले यस्तो बताएका हुन् ।

तपाइँ मालदार मन्त्रालय नपाए अर्को पार्टीमा जानुहुन्छ होला नी ? भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘मन्त्रीको कुरा होइन, अब पार्टी छोड्नु पर्ने अवस्था आए म राजनीति नै त्याग्दिन्छु ।’

उनले आफू मन्त्री हुनका लागि नेकपा एसमा प्रवेश गरेकाे भन्ने कुरा साँचाे नभएकाे उनले बताए ।

मुख्यमन्त्रीकाे बन्न याे पार्टीमा प्रवेश गर्नु भएकाे हाे ? भन्ने प्रश्नमा उनले भने, ‘मुख्यमन्त्री दिए पनि म हुँदिन, मलाई अहिले मुख्यमन्त्री हुन रहर छैन । मुख्य मन्त्री बन्न एक्सपिरियन्स चाहिन्छ ।’

मनाङबाट गण्डकी प्रदेश सभा सदस्यमा निर्विराेध निर्वाचित स्वतन्त्र प्रदेश सांसद मनाङेले साेमबार नेकपा एसमा प्रवेश गरेकाे घाेषणा गरेका थिए । स्वतन्त्र सांसदकाे हैसियतले काम गर्न गाह्राे हुने भएकाेले पार्टीमा प्रवेश गरेकाे उनले बताए । नेकपा एसकाे विचार र सिद्धान्त मन परेकाेले याे पार्टीमा प्रवेश गरेकाे उनले साेमबार नै विज्ञप्तिमार्फत जनाएका थिए ।

मंगलबार उनलाई पार्टीकाे केन्द्रीय कार्यालयमा महासचिव डा. बेदुराम भुसालले स्वागत गरेका छन् ।

स्वागतपछि पत्रकार सम्मेलनमार्फत उनले अाफ्ना कुरा जानकारी गराएका हुन् ।

भिडिओ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *