मनाङेको विगतलाई लिएर गलत टिप्पणी नगरौँ : महासचिव भुसाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसालले नेकपा एसमा प्रवेश गरेका गण्डकी प्रदेशका सभासद् राजिव गुरुङ(दिपक मनाङे) लाई पार्टीमा स्वागत गरेका छन् । मनाङ्गेलाई पार्टीमा स्वागत गर्दै महासचिव भुसालले मनाङ्गेको विगतबारे नराम्रा टिप्पणी गर्नु नहुने बताएका छन् ।

‘व्यक्तिको विगतमा के थियो भनेर बढी हेर्नुभन्दा वर्तमानमा के छ र भविष्यमा कता जाँदैछ भनेर हेर्नुपर्छ,’ उनले भने, ‘उहाँले हाम्रो पार्टीमा आएर राम्रो काम गर्छ, समाजको सेवा गर्छु भनेर प्रतिबद्धता लिनु भएको छ । त्यसको हामी स्वागत गर्छौं ।’

उनले अरुलाई पनि नेकपा एसमा आउन आह्वान गरे । मनाङेले सोमबार नेकपा प्रवेश गरेको घोषणा गरेका थिए । मंगलबार पार्टीको केन्द्रीय कार्यालय कोटेश्वरमा मनाङेलाई स्वागत गरिएको हो ।

भिडिओ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *