रविन्द्र मिश्रकाे चुनाव खर्च साढे २४ लाख

काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका रवीन्द्र मिश्रले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् । राप्रपाबाट उम्मेदवारी दिएका उनले आफ्नो चुनावी खर्च साढे २४ लाख रुपैयाँ भएको जानकारी दिएका छन् । मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै उनले चुनावमा भएको खर्चको जानकारी दिएका हुन् ।
उनी कांग्रेस नेता प्रकाशमान सिंहसँग पराजित भएका थिए ।

निर्वाचन आयोगले काठमाडौँ १ मा २५ लाख रुपैयाँसम्म चुनावी खर्च गर्न पाउने सीमा तोकेको थियो ।

चुनावका लागि उनलाई चन्दा सहयोग प्राप्त भएको जनाएको छ । खर्चको सीमासम्को रकम संकलन भएपछि उनले अब सहयोग नगर्न अपिल गरेका थिए । तर, त्यसपछि पनि रकम आएर ३३ लाख रुपैयाँ जम्मा भएको र बाँकी ८ लाख रकम काठमाडौँ क्षेत्र नम्बर १ सरोकार कोषमा राख्ने जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *