केशरमहलको आगनमा छरपस्ट पारिएका दस्ताबेजहरु (तस्बिरहरु)

काठमाडौँ । केशरमहल परिसरमा अहिले शिक्षा मन्त्रालयको हजारौँ कागजात एवम् दस्ताबेजहरु अलपत्र परेका छन् । मन्त्रालयले पञ्चायतकालदेखिका आफ्ना महत्वपूर्ण पुराना दस्तावेज, प्रतिवेदन, बिललगायत महत्वपूर्ण अध्ययन प्रतिवेदन तथा किताबहरु केशरमहलको आँगनमा छरपस्ट छाडिदिएको छ ।

भूकम्पपछि क्षतिग्रस्त भएर अहिले रेट्रोफिटिङ चलिरहेको केशरमहल परिसरमा मन्त्रालयले आफ्ना कागजातहरु बाहिर ल्याएर राख्दा कतिपय महत्वपूर्ण कागजातहरु कुहिसकेका छन् । २०७२ को भूकम्प अगाडिसम्म महलमा शिक्षा मन्त्रालय, सम्पत्ति शुद्धीकरण विभाग, युनेस्कोको कार्यालय,  मन्त्रालयकै एनओसी शाखा र छात्रवृत्ति वितरण शाखा थियो ।

शिक्षा मन्त्रालय र त्यस मातहतका कार्यालय अन्यत्रै सरेपनि उनीहरुले आफ्ना कागजात भने त्यहि छाडेर गए। मन्त्रालयले काम नलाग्ने भनेर छाडेर गएको कागजातमा छात्रवृत्ति र एनओसीका लागि भरिएका फारम, विद्यार्थीका व्यक्तिगत विवरण, सर्टिफिकेट, मार्कसिट, नागरिकता जस्ता कागजातका फोटोकपी छन्।

तस्विरहरु:-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *