एमालेमा फर्किने कुरामा सत्यता छैन : कुँवर

काठमाडौँ । नेकपा समाजवादीका नेता, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले आफुलाई एमालेमा फर्किने कुरामा सत्यता नभएको बताएका छन् ।

उनको सचिवलायले एक विज्ञप्ति जारी गरेर केहि सञ्चार माध्याममा कुँवर एमालेमा फर्किने भनेर लेखिएको समाचारमा कुनै सत्यता नरहेको बताएको छ ।

आफ्नो राजनीतिक जिवनमा आच आउने किसिमले प्रकाशित भएको समाचार प्रती आफ्नो गम्भीर ध्यानाकर्षण भएको पनि सचिवालयले जनाएको हो ।

प्रमुख स्वकीय सचीव विनोद धामीले सामाजिक संचाल फेसवुक मार्फत नियोजित तरिकाले प्रकाशित गरिएका यस्ता कपुकल्पित समाचरमा कुनै सत्यता नभएको र यस्ता जनसमुदायमा भ्रम सृजना गर्ने खालका समाचारको पछि नलाग्न आग्रह गरिएको छ ।

कुँवर प्रतिनिधिसभा तर्फको निर्वाचनमा अछाम निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका शेरबहादुर कुँवर निर्वाचित भएका हुन् । कुँवरले १९ हजार ५३४ मत ल्याउँदै निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका झपटबहादुर बोहरालाई पराजित गरेका थिए । बोहराले १५ हजार ४५ मत मात्र प्राप्त गरेका थिए ।

विज्ञप्ति

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *