पोखराको महोत्सवमा रोटेपिङबाट खसेर ४ जना घाइते
२०७९ मंसिर १९ गते

फाइल तस्बिर
पोखरा । पोखरामा जारी व्यापार मेलामा रोटेपिङबाट खसेर चारजना घाइते भएका छन् ।
पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको राष्ट्रिय औद्योगिक व्यापारिक मेलाको बाल उद्यानको रोटे पिङ खेल्दा खसेर चारजना घाइते भएका हुन् ।
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । उनको टाउकोमा चोट लागेको कास्की प्रहरीले जनाएको छ । उनीहरूको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।
२०७९ मंसिर १९ गते
प्रतिक्रिया
सम्बन्धित








