दोलखाको मतगणना अन्तिम चरणमा : एमालेलाई पछि पार्दै फेरि अघि लाग्यो माओवादी, कति छ मतान्तर ?

काठमाडाैँ । प्रतिनिधि सभातर्फ नतिजा आउन बाँकी दोलखाको मतगणना रोचक बन्दै गएको छ । सत्ता गठबन्धनका तर्फबाट माओवादीका गंगा कार्की र एमालेका बालकृष्ण शिवाकोटीबीच कडा प्रतिस्पर्धा छ ।

अघिल्लो नतिजामा एमालेका शिवाकोटीले अग्रता लिएकोमा भर्खरैको परिणामअनुसार माओवादीका कार्कीले अग्रता बनाएका छन् । लामाबगर र भुषाफेदाको मतगणना सकिंदा कार्कीले १ हजार १९५ मत अन्तरले अग्रता लिएका हुन् ।

माओवादी केन्द्रका कार्कीले ३५ हजार ७९० मत पाउँदा एमालेका बालकृष्ण शिवाकोटीले ३४ हजार ५९५ मत पाएका छन् । भुषाफेदाको मत गणनाबाट कार्कीको पक्षमा १६०६ मत आउँदा शिवाकोटीले ३९६ मत पाएका थिए । यस्तै लामाबगरबाट कार्कीले २७५ र शिवाकोटीले २६० मत पाएका छन् ।

अब शैलुङ गाउँपालिकाको दूधपोखरी र मेलुङ गाउँपालिकाको पवटीको मतगणना जारी छ । मंसिर ४ गतेको निर्वाचनमा दोलखाका १० क्षेत्रमा धाँधली भएको निष्कर्षसहित ती क्षेत्रमा मंसिर १५ गते पुनः निर्वाचन भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *