सत्ता गठबन्धन दलको बैठक भोलि बस्ने

काठमाडौँ। सत्ता गठबन्धनको बैठक सोमबार बस्ने भएको छ । सोमबार दिउँसो ि३ बजे गठबन्धनको बैठक बस्ने नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले बताए ।

गठबन्धनबाट माओवादी केन्द्रले सोचेजस्तो परिणाम ल्याउन नसकेको भन्दै असन्तुष्ट बनिरहेको बेला चुनावी परिणाम र आगामी बाटोबारे छलफल गर्न बैठक बस्न लागेको हो ।

माओवादी केन्द्रले शनिबार नयाँ सरकार गठनका लागि सबै विकल्प खुला राखेको जनाएको थियो । तर, आइतबार भने गठबन्दधनको विकल्प नसोचेको बताइरहेको छ ।

नयाँ सरकारको समीकरणबारे सत्तारुढ दलको सोमबारको बैठकले स्पष्ट संकेत गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *