सरकार गठनबारे गठबन्धन दलसँग छलफल गर्ने माओवादीको निर्णय (भिडिओ)

काठमाडौँ । नेकपा माओवादी केन्द्रले निर्वाचनपछिको ताजा जनादेश अनुसार नयाँ सरकार गठबनका लागि आफू सम्मिलित गठबन्धनका दलहरुसँग छलफल गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय पेरिस डाँडामा आइतबार बसेको पार्टीको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकपछि बैठकमा भएका छलफलबारे जानकारी दिँदै पार्टी महासचिव देव गुरुङले सोमबार गठबन्धनको बैठक बसेर निर्वाचनको समीक्षा गर्ने र सरकार गठनबारे धारणा बनाउने बताए ।

पत्रकारले सोधको प्रश्नबारे जवाफ दिँदै उनले अहिले आफूहरु गठबन्धनमै रहेकोले एमालेसँग मिलेर सरकार बनाउनेबारे छलफल नभएको बताए ।

‘हिजो प्रवक्ताज्यूले कुन प्रसङ्गमा के भन्नुभयो थाहा भएन,’ उनले भने, ‘तर, अहिलेसम्म सरकार गठनको विकल्पबारे छलफल भएकै छैन ।’

उनले हाल नेकपा माओवादी केन्द्रले सरकारमा नेतृत्वको दावी गर्नु स्वभाविक भएको बताए ।

भिडिओ

‘आपसी सहमतिबिना सरकारको नेतृत्वको सम्भव छैन,’ उनले भने, ‘हामीले समझदारी खोजेका छौँ । परिवर्तनको बाहक भएकाले माग गर्नु स्वभाविक छ। सहमतिमै जोड छ।’

आइतबारको बैठकमा निर्वाचनको प्रारम्भिक समीक्षा भएको पनि उनले बताए ।

‘गठबन्धनबाट जाँदा अपेक्षाकृत नतिजा नआए पनि मूलभूत रूपमा सफल नै भएको छ,’ उनले भने, ‘निर्वाचनमा थोरै तलमाथि भएको हुनसक्छ। त्यसलाई हामीले स्वीकार गरेर नै अगाडि बढ्नुपर्छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *