एमालेसँगको सहकार्य सकियो : उपेन्द्र यादव

विराटनगर । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादले नेकपा एमालेसँगको सहकार्य सकिएको घोषणा गरेका छन् । विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै यादवले यस्तो बताएका हुन् ।

‘हामीले चुनावमा एमालेसँग केही क्षेत्रमा तालमेल गरेका थियौँ, चुनावसँगै सहकार्यको कोर्स सकिएको छ,’ यादवले भने ।

एमालेसँग केही स्थानमा तालमेल गरी जसपा निर्वाचनमा गएको थियो । तर, पार्टीले सोचेजस्तो परिणम ल्याउन सकेको थिएन । अध्यक्ष यादव आफैँले पनि सप्तरी २ बाट जनमत पार्टीका अध्यक्ष सिके राउतसँग फराकिलो मतान्तरले हार व्यहोरेका छन् ।

यादवले नयाँ सरकार गठनमा पार्टीको भूमिका र स्थानबारे निर्णय नभइसकेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *