पर्यटक लाेभ्याउँदै सुन्दर डाेल्पा (फाेटाे/भिडिओ)

काठमाडौँ । हिमाली जिल्ला डोल्पा आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ ।  पाँच वर्षअघि डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडिएसँगै प्रत्येक वर्ष डोल्पा घुम्ने स्वदेशी तथा विदेशी पर्यटकको संख्या बढ्न थालेको हो ।

डोल्पामा निलो हिराको रूपमा परिचित नेपालकै गहिरो से–फोक्सुन्डो ताल, प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिर, से–गुम्बा, धो उपत्यका, छार्काभोट, जगदुल्ला ताल लगाएतका पर्यटकीय गन्तव्यहरु रहेका छन् । चालू आर्थिक बर्षमा मात्रै करिव तीन हजार भन्दा बढि पर्यटनकले से–फोक्सुन्डो तालको अवलोकन गरेको से–फोक्सुन्डो राष्ट्रिय निकुञ्जले जानकारी दिए ।

भिडिओ

डोल्पा धार्मिक सांस्कृतिक र पर्यटकीय सौन्दर्यताका हिसाबले धेरै अगाडि रहेकाले डोल्पा घुम्न जान पर्यटकहरु इच्छुक हुने गरेका छन् ।

तस्बिरहरू 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *