माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौँ । सत्तारुढ दल नेकपा माओावादी केन्द्रको पदाधिकारी बैठक आइतबार बस्ने भएकाे छ । पार्टी कार्यालय पेरिसडाँडामा बैठक दिउँसाे २ बजेपछि बस्ने भएकाे हाे । बैठकमा मंसिर ४ मा भएकाे निर्वाचनकाे समीक्षाका साथै अब बन्ने नयाँ सरकारका बारेमा छलफल हुने बताइएकाे छ ।

यसअघि पार्टी कार्यालयमा शनिबार बसेकाे पदाधिकारी बैठकले सरकारमा जान सबै विकल्प सुला राख्ने निर्णय गरेकाे थियाे ।

आजको बैठकले सरकारमा जानका लागि गठबन्धनलाई नै निरन्तरता दिने वा नेकपा एमालेसँग सहकार्य गरेर अघि बढ्ने भन्ने बारेमा छलफल हुनसक्ने बताइएको छ ।

निर्वाचनपछि तेस्राे पार्टी बनेकाे माओवादी केन्द्रले प्रत्यक्षतर्फ १७ सिट जितेको छ । यसमा समानुपातिक निर्वाचन प्रणालीतर्फ पार्टीले पाएकाे मतबाट सांसदकाे सीट संख्या थप हुन बाँकी छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारकाे नेतृत्व गर्ने इच्छा देखाएकाेले अनुकुल हुने जाेसँग पनि पार्टीले सत्ता समिकरण गर्न सक्ने देखिएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =